काठमाडौं । रोजगारीको सिलसिलामा मलेसियामा रहेका केही युवा मिलेर गीति एल्बम ‘चेसुङ’ अर्थात् कोशेली ल्याएका छन्। ‘चेसुङ समूह परियार’ नाम दिएर संगठित भएका ती युवाको ‘चेसुङ’ राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो । एल्बमको कवि बैरागी काइँलाले सार्वजनिक गरेका थिए।

chesung-album

‘चेसुङ समूह परियार’ का सुवास केरुङ ‘नुनाम’, राम नेयोहाङ लिम्बू, विक्रम चेम्जोङ लिम्बू, प्रकाश पियाक लिम्बू, वसन्त लिम्बू ‘सिक्कुम’ र मञ्जु खुदाङ लिम्बूको लगानी तथा शब्दरचना रहेको एल्बममा विभिन्न गायक÷गायिको स्वर सुन्न सकिन्छ।

एल्बम ‘चुसुङ’ मा कतिञ्जेल, हाँसो खुसी, वारिपारी र दुई लिम्बू भाषाको आनी याक्थुङ्सा र नालिगेन् फुङ्वा बोलको गीत रहेका छन्। जसमा कुशल थलङ, खगेन्द्र पन्धाक र इमाहाङ सेत्लिङको संगीत छ भने स्वर मेलिना राई, कुशल थलङ, भीम लिम्बू, जशोदा सुब्बा, सुनिता थेगिम र सिता सिंगकको रहेको छ।

यस एल्बमलाई इना क्यासेटले बजार व्यवस्थापन गरेको हो ।
प्रकाशन मिति–२०७३ साल मंसीर १० गते शुक्रबार ।