क्वालालम्पुर । नेपालका अवार्ड नेपाल वाहिर अवार्ड भव्य रुपमा गर्ने र गराउने गजबको फेसन भएको छ। यसैक्रममा मलेसियाको क्वालालम्पुरमा भव्य रुपमा नेपाली म्युजिक भिडियोको विशेष अवार्ड कार्यक्रम भएको हो।

जसमा नेपालकी चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठ लोकदोहरी उत्कृष्ट अवार्डवाट अवार्डेट बनेकी छन्। आँधी गाग्रो पानी छल्किन्छ बोलको लोकदोहरीको लागि गायिका श्रेष्ठलाई अवार्डेट गरेको हो।

गायिका श्रेष्ठको साथमा यस गीतमा डीबी लोप्चनको पनि गायन रहेको छ। अर्का गायक अमृत खातीको गायन रहेको गीत बीउ खायो किरैले त दुई वटा अवार्ड प्राप्त गरेको छ। साथमा विशेष प्रतिभा सम्मान पनि गायक खातीले प्राप्त गरेका हुन्।

त्यसैगरेरविशेष नव प्रतिभा अवार्ड सपना गुरुङ्ग, लोकगीत विधाबाट गायक डीबी लोप्चन, गायिका अमृता लुङेली मगर, प्रकाश कटुवाल र मोडेलमा सन्जिव ठकुरी, नव– गायिका स्मृति गौतम लगायत नायक पल शाह, नायिका आचल शर्मा,गायक अनिल सिंह, गायिका जुना प्रसाईं लगायत २ दर्जनभन्दा बढी नेपाली कलाकारहरु अवार्डेट बनेका छन्।प्रकाशन मिति–२०७५ साल असार ३ गते आइतवार ।