काठमाडौं। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीलाई जोड्ने अभियानमा रहेको हामी नेपाली ग्लोबलको मलेसियामा पनि च्याप्टर गठन भएको छ।

हामी नेपाली ग्लोबलल एसिया प्यासिफिकको नामवाट मलेसियामा च्याप्टर गठन भएको हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले भिजन संसार डटकमलाई बताएका छन्। केन्द्रिय अध्यक्ष लामाका अनुसार, हामी नेपाली ग्लोबलको मलेसिया च्याप्टरको गठन हामी नेपाली ग्लोबलका संस्थापक सदस्य बिजय दोङको सभापतिमा कार्यसमिति चयन भएको हो।

प्रकाश वाइवाको अध्यक्षतामा हामी नेपाली ग्लोबल मलेसिया च्याप्टरको गठन भएको छ। जसमा वरिष्ठ उपाध्यक्ष निर्मल गोले, प्रथम उपाध्यक्ष सोनाम मोक्तान, व्दितीय उपाध्यक्ष जीवन घ्लान, महासचिब मिलन दोङ, सचिब उपेन्द्र राई, कोषाध्यक्ष लनम तामाङ,सह–कोषाध्यक्ष दिनेश थिङ र सदस्यहरुमा सिबि थापा,
हेमशर्मा ढकाल, दीपक श्रेष्ठ, प्रेम बस्नेत,प्रकाश पोखरेल,विजय साह,सन्च तामाङ, संगिता जिम्बा,कमल कुमार लावती,राज कुमार तामाङ, बहुल शंकर, पञ्चराम तामाङ, गणेश तामाङ, पर्वती नेपाली,मनिषा स्याङ्तान, बिमला राई रहेका छन्।

त्यसैगरेर, स्वास्थ्य चिकित्सा विभाग प्रमुख जगत दोङ,रिसर्च विभाग प्रमुख पासाङ लामा, सूचना तथा संचार विभाग प्रमुख, राजमन तामाङ, प्रशिक्षण र विकास विभाग प्रमुख भवनथ दाहाल, युवा संयोजक विजय दोङ, पीआरओ–जनसम्पर्क नवीन तिमल्सिना लगायतको समिति गठन भएको छ।
प्रकाशन मिति–२०७६ साल साउन १२ गते आइतवार ।