काठमाडौ। मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा चरा ठोक्किएको छ। बिहीबार राति काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएपछि ग्राउन्डेड भएको हो।

नेपाली नाम सगरमाथा दिइएको उक्त न्यारोबडी जहाजको लगत्तै काठमाडौंबाट दुबईको उडान थियो। तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार बिहान १० बजे निगमको अर्को विमानमा दुबई पठाइएको थियो। निगमको प्राविधि स्रोतका अनुसार जहाजमा एउटा मात्र नभइ चराहरुको बथान नै ठोक्किएको आशंका गरिएको छ। तर कुन प्रजातिको चरा हो भन्ने पहिचान खुलाइएको छैन्।

शुक्रबार विमान प्राविधिकहरुले जहाजको निरीक्षण गर्दा ल्यान्डिङ गियर, इन्जिन (भित्ररबाहिर), फ्ल्याप आदिमा चरा ठोक्किएको निसान देखेको कान्तिपुर दैनिकले समाचारमा उल्लेख रहेको छ। निरिक्षणमा सहभागी सहभागी स्रोतका अनुसार जहाजबाट संकलन गरिएका करकास चराका अवशेष विमानस्थलस्थित एरोड्रम सुरक्षा महाशाखालाई बुझाइएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ २३ गते शनिवार ।