काठमाडौं। मल्टीट्यालेन्टेट ख्यातिप्राप्त संचारकर्मी सुरजवीर बज्राचार्यको गायन तथा अभिनय रहेको बेजोड म्युजिक भिडियो सार्वजनिक भएको छ।

फरक शैली तथा सोचको गजबको कथा वोकेको नेपालभाषाको लोकप्रिय गीत तसकंं यःम्हको शनिवार आयोजित विशेष कार्यक्रम वीच सार्वजनिक भएको हो।

गायक सुरजवीर बज्राचार्यको गायन तथा नेपालभाषाका बरिष्ठ संगीतकार अमरराज शर्माको शव्द तथा संगीत रहेको तसकं यःम्ह बोलको गीतको भिडियोमा गायक सुरजवीरले जिम्मेवार दाजुको भूमिकामा मार्मिक अभिनय गरेका छन्।

नायक रुपेन श्रेष्ठ थक्वाः र नायिका आशिष्मा नकर्मीको प्रभावशाली अभिनयले म्युजिक भिडियो कुनै सटमुभी भन्दा कम देखिएको छैन्। निर्देशन रामकृष्ण खड्गीले गरेका हुन्।

दोहलपा एल्बममा समावेश भएको यो गीतको म्युजिक भिडियोको गायक सुरजवीर बज्राचार्यका पूजनिय पिता चित्रवीर बज्राचार्यले स्वीचअन गरर सार्वजनिक गरेका थिए।

प्रस्तुत छ–यो बेजोड म्युजिक भिडियो

प्रकाशन मिति–२०७५ साल पुष १५ गते आइतवार ।