काठमाडौ। नामै शत्रुगते । गजबको नाम बोकेको महको वहुप्रतिक्षित फिल्म शत्रुगतेको पोस्टर मज्जाले रिलिज भएको छ। फिल्मको दुइ गीत “रुपै मोहनी” र “पिरतीको बर्को” बोलको गीत हिट भए पछि झन् फिल्म अझ प्रतिक्षित बनेको छ।

एक पोस्टरमा सबै जसो कलाकार पोस्टरमा अटाएका छन् भने ३ पोस्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडीलाइ छुट्टा छुट्टै प्रस्तुत गरिएको छ । दीपकको दीपा हरिबंशको पत्नीको भूमिकामा देखिएको छ।

मह सञ्चार र हाँस्य कलाकार राता मकै किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । कथा हरिवंश आचार्यकै हो।

मल्टीस्टारर फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन । ‘सत्रुगते’ चैत्र ९ मा प्रदर्शनको तयारिमा रहेको शत्रुगतेका एक निर्माता हांस्य कलाकार नरेन्द्र कंसाकारले बताएका छन्।

शत्रुगतेमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा, बसुन्धरा भूषाल, किरण केसी, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, रबि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कंसाकाररको अभिनय रहेको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ९ गते बुधवार ।