काठमाडौ। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भक्तपुर सानोठिमीस्थित घरमा चोरी–डकैतीको प्रयास भएको छ। शुक्रबार साँझ तीनजनाको समूह नेता ठाकुरलाई भेट्नु छ भन्दै ठाकुरको घरमा प्रवेश गरेका थिए।

mahantha-thakur-1

त्यसवेला नेता ठाकुरकी छोरी डा.मिनाक्षी ठाकुर मात्र घरमा भएको अवस्थामा ती डकैती शैलीमा आएका चोरहरुले डा.ठाकुरको आँखामा खुर्सानीको धुलो छरेका थिए।भक्तपुर प्रहरीका अनुसार चोरहरुले घरमा रहेको बिफकेस चोरी गर्ने क्रममा डा.ठाकुरसंग खोसाखोस भएको र चोरहरुले प्रहार गरेको छुरावाट डा.ठाकुरको टाउको र हातमा चोट परेको छ। डा ठाकुरको काठमाडौको नयाँ बानेश्वर स्थित एभरेष्ट अस्पतालमा उपचार भैरहेको छ।

चोरहरुले ठाकुरको घरवाट चोरहरुले ब्रिफकेस लिएर फरार भएको जनाइएको छ। यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। घरमा घटना हुंदा नेता ठाकुर भने प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा रहेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।