काठमाडौ। मनोरञ्जनात्मक कार्यक्रम मार्फत सामाजिक जनचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.ले भव्य रुपमा दशैं म्युजिकल फेस्टभ २०१७ संपन्न गरेको छ।

Dashain-Fest-3ललितपुरको बागडोलस्थित बेखा पार्टी भेन्यूमा शनिवार राति अवेरसम्म भएको कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुका बेजोड प्रस्तुतिले दशैं उत्सवलाई महात्सव नै बनाउन सफल भएको थियो।

Dashain-Fest-1ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा भएको भव्य दशैं उत्सवमा नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजयरत्न असंबरे, कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधर, संगीतकार सुमन कपाली तथा नेपाल मण्डल टेलिभिजनका भाइकाजी महर्जन नयनलाई जनही नगद ७ हजार ७ सय ७७ रुपैया सहितको विशेष दशैं उत्सव सम्मान प्रदान गरिएको छ।

Dashain-Fest-2कार्यक्रमको सभापतित्व आयोजक एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.का संस्थापक अध्यक्ष स्वतन्त्र संसार महर्जनवाट भएको हो। कार्यक्रम संयोजन रुपेन्द्र श्रेष्ठले गरेका हुन्। मोवाइल सप कीर्तिपुरको प्रस्तुतिमा कार्यक्रमको आयोजना भएको थियो।

Dashain-Fest-4

प्रकाशन मिति–२०७४ साल असोज १ गते आइतवार ।