काठमाडौ। नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यमा विद्यावारिधि गर्ने देवकोटा विज्ञ वरिष्ठ समालोचक प्रा.डा.कुमारबहादुर जोशीको स्वर्गवास भएको छ।

हिजो सोमवार सुमेरु अस्पतालमा उपचारको क्रममा स्वर्गवास भएको कवि प्रद्युम्न जोशीले भिजन संसारलाई बताएका छन्। ७७ बर्षीय डा.जोशीका दुई दर्जन भन्दा बढी साहित्यिक पुस्तक र आधा दर्जन भन्दा बढी सम्पादित कृतिहरु प्रकाशित छन्।

विसं.२०५३ र २०५६ मा दुई पटक मृगौला प्रत्यारोपण पश्चात डा.जोशीले निरन्तर नेपाली साहित्य सिर्जनामा क्रियाशील बनेर एक दर्जन साहित्यिक पुस्तकहरु प्रकाशित गर्न सफलता पाएका थिए।

डा.जोशी विसं.२०६८ सालमा साहित्यिक संस्था कुमार–सरस्वती पुरस्कार गुठीका संरक्षक, वासु शशी स्मृति परिषद्का सल्लाहकार समेत रहेका थिए।


प्रकाशन मिति–२०७५ साल बैशाख ४ गते मंगलवार ।