काठमाडौं। नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५२ औं जन्मजयन्तीको अवसरमा विद्यालय स्तरीय छन्द कविता बाचन प्रतियोगिता संपन्न भएको छ। विद्यार्थीहरुको नेपालभाषाका गतिविधि निरन्तरत प्रदान गर्ने उद्देश्यबाट गठित नेवाःक्यब संस्थाले उक्त प्रतियोगिताको आयोजना गरिएको हो।

काठमाडौंको डल्लु लिंकरोडमा रहेको नेपालभाषाको प्रथम स्कुल जगत सुन्दर ब्वनेकुथिमा आयोजित कार्यक्रममा कुल ११ वटा स्कुलहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा हिमालय माध्यममिक विद्यालयका शिवानी श्रेष्ठ प्रथम, जनप्रभात माध्यमिक विद्यालयका रेश्मा मगर खड्गी व्दितीय र मंगल माध्यमिक विद्यालयका सुजना महर्जन तृतीय बनेका थिए।

विभिन्न स्कुलका विद्यार्थीहरुले लय्बद्ध गरी महाकवि सिद्धिदास महाजु, दुर्गालाल श्रेष्ठ, भूषणप्रसाद श्रेष्ठ लगायतका स्रष्टाहरुको कविता छन्दबद्ध रुपमां पाठ गरिएको थियो । नेवाःक्यबका अध्यक्ष दर्शनवीर शाक्यको सभापतित्वमा सम्पन्न प्रतियोगितामा सल्लाहाकार नरेशवीर शाक्य, दीपक तुलाधर र राजेन्द्र महर्जनको उपस्थीति रहेको थियो ।

कार्यक्रममा नेवाःक्यबका उपाध्यक्ष सुनिता मानन्धरले स्वागत मन्तब्य एवं सहसचिव सुमित्रा महर्जनले परमानन्द वज्राचार्यद्वारा रचित सिद्धिदास महाजुको प्रभातफेरी गीत सुनाएकी थिइन् । कार्यक्रम संस्थाका सचिव रमिता शाक्यले संचालन गरेकी थिइन्।


प्रकाशन मिति–२०७६ साल असोज ४ गते शनिवार ।