काठमाडौं। काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवसका अवसरमा इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ।

लोकप्रिय प्रदेश सांसद डा.अजयक्रान्ति शाक्य र अग्रज पत्रकार सुरेश किरणको प्रमुख लेखन तथा सन्ध्या बज्राचार्यको सहायक लेखन रहेको उक्त ‘इन्द्रजात्रा’ पुस्तक विमोचन भएको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा विमोचन गरेपश्चात सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगले पुस्तकको प्रकाशन गरेको हो। ‘इन्द्रजात्रा’ पुस्तकवाट इन्द्रजात्राको यथार्थ र भ्रमलाई जनसमक्ष ल्याउने कार्य भएको छ। विश्वमाझ इन्द्रजात्राको महत्व र आवश्यकतालाई चिनाउने पुस्तकले विशेष मदत गर्ने निश्चित भएको छ।

प्रकाशन मिति–२०७७ साल मंसीर २९ गते सोमवार ।