काठमाडौं। नेपाली चलचित्र उद्योगमा महानायक राजेश हमाल र सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरको केमिष्ट्री धेरै हदसम्म मिलेको पाइन्छ। यी नायक–नायिका अभिनित बसन्ती, अल्लारे, ताल लगायत कैयन चलचित्र युगिन चलचित्र नै बन्न सफल भएका छन्।

चालिस र पचासको अढाई दशकलाई दुवैले काँधमा वोकेर नेपाली चलचित्र उद्योगलाई समृद्ध वनाएका यी जोडीका तिता–मिठा यादहरु हिजोआज दुवैका लागि ताजा नै बन्न थालेको छ। अझ मखमली स्वरकी धनी गायिका अञ्जु पन्तको गायन रहेको यादका लहरहरु बोलको विलकुलै नविन गीतको भिडियोमा दुवैको ताजगी अभिनयले ती सवै यादहरुलाई पोखाएको प्रतित भएको छ।

यादमा डुवेका महानायक राजेश हमाल र सदवहार सुन्दरी नायिका करिश्मा मानन्धर अढाई दशकपछि पनि उही महकतामा उही यादमा रमेर गरेको जीवन्त अभिनय अविस्मरणीय यादगार दुवैका लागि भएको प्रतित हुन्छ। त्यो यादगार यादलाई छछल्काउने कार्य हरि हुमागाईँको निर्देशन तथा प्रविन श्रेष्ठको कुशल सम्पादनले मज्जाले गरेको पाइएको छ।

डा.प्रकाश पौडेलको शव्द–रचना तथा राज सागरको संगीतमा गीतले मूत्र्तता पाएको छ भने, महानायक हमाल र सदावहार सुन्दरी नायिका मानन्धरको स्वभाविक अभिनयले ज्यान पाएको पाइन्छ।

https://www.youtube.com/watch?v=RILn5M7Ybw0&feature=emb_logo

प्रकाशन मिति–२०७७ साल मंसीर ५ गते शुक्रवार ।