काठमाडौं। ललितपुरको नागवहालमा शनिवार आयोजित कार्यक्रममा आँखादान कार्यक्रम संपन्न भएको छ। नागवहाल टोल सुधार समिति र बसुबर्ण साकोसको संयुक्त आयोजनामा आयोजित महापरित्राण कार्यक्रममा आयोजित आँखादान कार्यक्रममा २ सय ७५ जनाभन्दा बढीले आँखादान गरेका थिए।

कार्यक्रममा १ सय बर्षकी जनकमाया कर्माचार्यले समेत आँखादान इच्छापत्रमा आँखादान गर्ने इच्छापत्र जाहेर गरेकी थिइन्। यसवीच महापरित्राणमा २ हजार भन्दा बढी को सहभागिता रहेको थियो।

उक्त पूण्य कार्यमा नागबहालका दाता वोधिरत्न शाक्य पौसाले दान तथा भोजनको व्यवस्था गरेका थिए। उक्त महापरित्राणमा उपत्यकाका ३०० भन्दा बढी भिक्षु भिक्षुणीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा दिवंगत व्यक्तिहरुको फोटोहरु प्रदर्शन गरेर उनीहरुको चिरशान्तिको कामना पनि गरेको थियो।
प्रकाशन मिति–२०७५ साल मंसीर २२ गते शनिवार ।