काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वंस्त भएको ऐतिहासिक महत्वको रानीपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको कार्य गर्ने भएको छ।

नेपाल सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो।

परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटशिखर शैलीमा गर्ने भन्ने विवाद थियो।

विज्ञले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौँ महानगरपालिकालगायतसँग समन्वय तथा सहजीकरण गरी पुरानै शैलीमा पुनःनिर्माण गर्ने निर्णय भएको छ । यही माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणलाई पुनःनिर्माणको जिम्मेवारी दिइएको जनाइएको छ।

प्रकाशन मिति–२०७५ साल माघ २१ गते सोमवार ।