काठमाडौ। नेपालमा महाभूकम्प गएको पनि तीन बर्ष वितिसकेको छ। यस अवधिमा सरकारले महाभूकम्प पीडितहरुका लागि सहुलियत ऋणको आकर्षक प्याकेजको ललिपप खुवाएर यतिखेर लोप्पा खुवाउने कार्य भएको छ।

२ प्रतिशतको सहुलियत व्याजदर ऋणको ललिपप दिएर यतिखेर महाभूकम्प पीडितहरुलाई १४ देखि १५ प्रतिशतसम्मको व्याजदरको बोझको नराम्रो लोप्पा खुवाउने कार्य भएको छ। जसवाट पीडामा रहेका महाभूकम्प पीडितहरु थप महापीडामा परेका छन्। महाभूकम्पको २ प्रतिशतको व्याजको आकर्षको ऋण यतिखेर तोक्न न बोक्नु भएको छ। जसवाट अझ महाभूकम्प पीडितहरुलाई बैंकहरुले उठिवास गर्ने र गराउने देखिएको छ।

यसको विरोधमा महाभूकम्प पीडितहरु आन्दोलनमा उत्रन बाँध्य बनेका छन्। सुरुमा ऋण दिँदा दुई वर्षपछि प्रचलित ब्याजदर तिर्नुपर्छ भनेर कुनैपनि बैंक देखि नेपाल राष्ट्र बैंक समेतले भनेको थिएन। जसको कारण २ प्रतिशत व्याँजको सहुलियत ऋण लिने कार्य भएको र हाल आएर त्यसको मार महाभूकम्पको भन्दा चर्को भएको तिब्र आक्रोश महाभूकम्प पीडित संचारकर्मी बिगेन तुलाधरको रहेको छ। नीतिगत अप्ठेरो छ भन्दैमा पीडितबाट पूर्वघोषितभन्दा धेरै ब्याज उठाउन नपाउने तुलाधरको ठहर रहेको छ।

सुरुमा दुई प्रतिशत ब्याजदरमा ऋण लिएका ऋणीलाई अहिले महँगो ब्याज तिर भन्नु न्यायसंगत नभएकाले यसको समाधान छिटो खोज्न नेपाल राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले निर्देशन दिएको भन्ने कुरा पनि प्रकाशमा आएको छ। तर, त्यो निर्देशन व्यवहारमा लागू भने भएको देखिदैन। पिडीतहरुले आफूहरुलाई दिईएको अनावश्यक पीड़ा माथि पीडा दिएको र त्यसको उचित समाधान तुरुन्त गर्नुपने उनीहरुको जोडदार माग रहेको छ।

यसैवीच नेपाल राष्ट्र बैंक समक्ष यही साउन २९ गते बिहान १० बजे महाभूकम्प पीडितहरु भेला भएको ऋणको हुन आउने किस्ता नबुझाउने निर्णयपत्र पेश गरेको छ। तर, त्यस पेश र मागलाई नेपाल राष्ट्र बैंकबाट बेवास्ता गरिएको छ। जसको तिब्र विरोध स्वरुप यही शनिबार भाद्र २ गते काठमाडौको बसन्तपुर महादेव–पार्वती डबलीमा बिहान ठिक १० बजे प्ले–कार्ड सहित महाभूकम्प पीडितहरुले शान्तिपूर्ण धर्ना दिने भएको छ।
प्रकाशन मिति–२०७५ साल साउन ३० गते बुधवार ।