काठमाडौ। महामानव भगवान बुद्धको २५६६ औ जयन्ती अर्थात आज सोमवार बुद्ध जयन्ती । आज विश्वभर अन्तरराष्ट्रिय बुद्ध जयन्ती धुमधामकासाथ मनाउने कार्य भैरहेको छ।

शान्तिको प्रतिक महामानव भगवान बुद्धको मैत्री, करुण र शान्तिको सन्देश विचार तथाने शान्तिको महत्वलाई विश्वले मानिदैआएको छ। त्यसमाथि, भगवान बुद्धको पावनभूमि नेपालको लुम्विनी त यतिखेर दुलहीजस्तै झकीझकाउ पारिएको छ।

बुद्धत्व तथा बुद्धले दिएको शान्तिको सन्देश र यसको महत्वलाई विश्वले अंगिकार गरेको अवस्थामा शान्तिनायक भगवान बुद्धको जयन्तीले विश्वमा शान्ति वाहेक अरु कुनै विकल्प नभएको भन्ने ठूलो सन्देश दिने कार्य भएको छ। शान्ति नै आजको आवश्यकता हो।

प्रकाशन मिति–२०७९ साल जेठ २ गते सोमवार ।