ललितपुर । ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महामाया महालक्ष्मी मन्दिर परिसरमा महालक्ष्मी स्वस्तिक बगैचा निर्माण भएको छ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको अवसरमा उक्त महालक्ष्मी स्वस्तिक बगैचाको उदघाटन भएको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता तथा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको विशेष आतिथ्यतामा उदघाटन भएको हो। महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा महालक्ष्मीस्थान स्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको स्थानीय उपभोक्ता समितिले पूर्नरनिर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले वताएका छन्।

प्रमुख अतिथि मेयर महर्जनले महालक्ष्मी मन्दिरको शान तथा गौरबता र धार्मिक आस्था एवम् विश्वासलाई प्रकाश पार्दै ललितपुर महानगरपालिकाका एक से एक शानदार गौरबमय कार्यहरुको वारेमा सार्वजनिक रुपमा जानकारी दिएका थिए।

शताव्दी पुरुष सत्यमोहन जोशीको गौरबमय सम्मान देखि ग्रीनसिटी, ग्रीनबेल्ट, अटोमेटिक स्ट्रीट लाइट, साइकल सिटी, अपाङ मैत्री सडक, ऐतिहासिक पोखरीहरुको व्युटीफिकेसन लगायत दर्जनौ दर्जन गौरबमय सफल कार्यक्रमहरु मेयर महर्जनले प्रस्तुत गरेका थिए। जसको छिमेकी काठमाडौ महानगरपालिका तथा नगरपालिकाहरुले सिको गरोस् भन्ने आफ्नो चाहना रहेको पनि मेयर महर्जनले भनेका छन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक २९ गते शनिवार ।