काठमाडौं। आज महाशिवरात्रीको दिन नेपालको मौसममा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ। नेपालको पश्चिम भेगका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभरकै मौसममा सामान्य बदलीको अवस्था रहेको पनि महाशाखाको भनाइ छ। यो प्रणालीको पूर्ण प्रभाव शनिबारसम्मै रहने महाशाखाको अनुमान रहेको छ। काठमाडौंमा पनि आज शुक्रवार अपराह्नपछि हल्का वर्षा हुने सम्भावना देखिन्छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मध्यक्षेत्र हुँदै विस्तारै पूर्वतिर पनि सरिरहेको छ। आइतबार पनि मौसम बदली रहने देखिन्छ। तर, आइतबार वर्षाको सम्भावना अहिलेसम्मको स्थितिमा नदेखिएको पनि महाशाखाले उल्लेख गरेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन ९ गते शुक्रवार ।