Pashupati Nath 1

काठमाडौ। हिन्दूहरुको महानपर्व महाशिवरात्रीको चहलपहल आइतवारवाट प्रारम्भ भएको छ। पवित्र पाशुपत क्षेत्र पशुपतिनाथ वरपर भगवान पशुपतिनाथको दर्शन गर्ने दर्शनार्थीहरुको रातिवाटै भीड लाग्न थालेको छ। त्यसमाथि, नेपालका विभिन्न स्थान तथा भारतवाट आएका दर्शनार्थीहरुको भीड पशुपतिनाथमा क्रमिक रुपमा बृद्धि हुंदैगएको छ।

Pashupati ma Sadhuविभिन्न साधु–सन्त तथा नागा बाबाहरु पनि उल्लेखनिय रुपमा पशुपतिमा देखिएका छन्। उनीहरुका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था गरिएको कोषले पत्रकार सम्मेलन मार्फत जनाइसकेको छ।

त्यसैगरेर सर्वसाधारण दर्शनार्थीहरुको सुविधाको लागि पनि विशेष व्यवस्था मिलाएको कोषले भनेको छ। सोमवार शिवरात्री परेकोले विहान ३ बजेवाटै पशुपतिको चार वटै ढोका खोलिने र दर्शनार्थीहरुलाई चार वटा लाइनवाट मन्दिरसम्म पुग्ने व्यवस्था गरिएको छ।

प्रकाशन मिति–२०७२ साल फागुन २३ गते आइतवार ।