Pashupatinathकाठमाडौ। महाशिवरात्रीको पूर्वसन्ध्यामा काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा विहीवारवाट जोगी बाबाको निक्कै चहल पहल बढेको छ। प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ। शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ।

Sadhu in Pashupatinath 3पशुपति क्षेत्र विकास कोषले यस वर्ष करिब चार हजार जोगी बाबा आउने अनुमान गरेको छ । नाङ्गा बाबाको पनि आगमन सुरु भएको छ । उनीहरुलाई पशुपतिनाथको मन्दिर परिसरभित्र राख्ने व्यवस्था मिलाइएको छ । विभिन्न सङ्घ संस्थाले पशुपतिनाथ आसपासमा आजैदेखि स्वयम् सेवा सञ्चालन गरेका छन्। आउने भक्तजनको सुविधाका लागि ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर, भजन किर्तनलगायतका व्यवस्था मिलाइएका छन्।

Sadhu in Pashupatinath 1विभिन्न अखडामा उनीहरुलाई खान, बस्नका लागि प्रबन्ध गरिएको छ । उनीहरुलाई जथाभावी आवतजावत नगर्न कोषले आग्रह गरेको छ। कोषका निर्देशक भरत मरासिनीले यहाँ आउने दर्शनार्थी तथा भक्तजनको सुविधाका लागि आवश्यक स्वयम्सेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको बताएका छन्।

Sadhu in Pashupatinath 2प्रकाशन मिति–२०७३ साल फागुन १२ गते विहीवार ।