ललितपुर। महाशिवरात्रीको महान अवसरमा मछिन्द्रनाथ धार्मिक महोत्सव शुभारम्भ भएको छ। शुक्रवारवाट ललितपुरको मछिन्द्रवहालवाट कलश यात्रा गरेर मछिन्द्रनाथ धार्मिक महोत्सको शुभारम्भ भएको हो।

महोत्सव आयोजक समितिकी अध्यक्ष शुभद्रा श्रेष्ठले बौद्ध धर्म तथा हिन्दू धर्मको धार्मिक सहिष्णुताको प्रतिक रातो मछिन्द्रनाथ रहेको वताएकी छन्। रातो मछिन्द्रनाथ ललितपुर महानगरपालिका वडा नंबर १९ स्थित मछिन्द्रबहालमा बर्षको ६ महिना र वाँकी ६ महिना ललितपुरको बुँगमतिमा राखिने गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएकी छन्।

अध्यक्ष श्रेष्ठका अनुसार, यसक्रममा रातो मछिन्द्रनाथ ललितपुर महानगरपालिका वडा नंबर १९ स्थित मछिन्द्रबहालमा विराजमान गरिएको छ। महाशिवरात्रीको अवसर पारेर आठ दिन मछिन्द्रनाथ धार्मिक महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा महाशिवरात्रीको धार्मिक अनुष्ठान, प्रवचन तथा पूजाआजा लगायतका कार्यहरु भैरहेको छ। जसमा स्थानीय र टाढा टाढाका भक्तजनहरुको दैनिकजसो व्यापक उपस्थिति रहेका छन्।

प्रकाशन मिति–२०७७ साल फागुन २२ गते शनिवार ।