Shivaratri Rekha Thapa 3काठमाडौ। नेपालकी चर्चित नायिका रेखा थापा महाशिवरात्रीको अवसरमा भगवान पशुपतिनाथको दर्शन गरेकी छन्। आमाका साथमा पशुपतिनाथको दर्शनमा पुगेकी पशुपतिनाथसंग नायिका थापाले आफूव्दारा निर्मित पछिल्लो चलचित्र रामप्यारीको सफलताको लागि पुकारा गरेकी छन्।

Shivaratri Rekha Thapa 1यही चैत्रवाट चलचित्र रामप्यारीको रिलिजको लागि तयारीमा रहेकी नायिका थापा पशुपतिमा भारतवाट आएका जम्वोनाथ र शिव सेना नेपालले आयोजना गरेको भोजन कार्यक्रममा पनि सहभागिता जनाएकी छन्।

केही बर्षयता शिवरात्रीको दिनमा भगवान पशुपतिनाथ पुगेर पूजाआजा तथा भांङ्ग–धतुरो खान पनि पछि नपर्ने नायिका थापाले यो बर्ष त्यसो भने गरिनन्। शिवरात्रीको नाममा गरिने यसप्रकारका लागूपदार्थ खान नहुने सचेतना जगाउने कार्य समेत उनले गरेकी छन्।

Shivaratri Rekha Thapa 2प्रकाशन मिति–२०७२ साल फागुन २४ गते महाशिवरात्री ।