Pashupati Nath 1काठमाडौ। हिन्दूहरुको महानपर्व महाशिवरात्रीको दिन आज सोमवार विहानैदेखि पशुपतिनाथ मन्दिरमा देशदेखि विदेशवाट आएका श्रद्धालु भक्तजनहरुको निक्कै भीड लागेको छ।

राति अवेरसम्म पनि पशुपतिनाथको दर्शन गर्नेहरुको कमी नभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषको अनुमान अनुसार राति अबेरसम्म गरेर १० लाख दर्शनार्थीहरुले पशुपतिनाथको दर्शन गरिसकेको छ।

Shivaratri 2

विहान ३ बजेदेखि पशुपतिनाथको चारवटै ढोका खोलेर चार लाइनवाट भक्तजनहरुलाई दर्शनको लागि व्यवस्था गरिएको थियो। अघिल्ला बर्षहरुमा जस्तो पशुपति क्षेत्रमा भाङ्ग–धतुरो जस्ता लागूपद्धार्थ सेवनको निषेध गरिएतापनि त्यसको व्यापारमा कमी नआएको स्थानियहरुको गुनासो रहेको छ। स्वदेश तथा विदेशवाट आएका साधु–सन्तहरुको उचित व्यवस्थापन तथा विदाईको लागि कोषले ७ लाख बजेट खर्च गरिने कोषले बताएको छ।

Shivaratri 1प्रकाशन मिति–२०७२ साल फागुन २४ गते महाशिवरात्री ।