काठमाडौं । महिला दिदीबहिनीहरुको महिनावारी हुदा अत्यन्त आवश्यक सेनेटरी प्याडको उत्पादन अव काठमाडौंमा नै हुन थालेको छ। काठमाडौंमा सहयोगी सेनेटरी प्याड उद्योगको स्थापना भएको हो।

सहयोगी सेनेटरी प्याड उद्योगले रोयल विङस नामक सेनेटरी प्याड उत्पादन तथा विक्री वितरण सुरु गरेको छ । पछिल्लो समय जनचेतना वृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरि प्याड उद्योगका सञ्चालक गोमा खनालले बताएकी छन्।

सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याड भन्दा उक्त उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको सञ्चालक खनालको दावी रहेको छ। । सहयोगी सेनेटरी प्याड उद्योगको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङवाट भएको थियो।

लामो समय नेपाल वाहिर इजरायल बसेर फर्केकी सञ्चालक गोमा खनालले त्यहाँवाट फर्केर नेपालमा नै सेनेटरी प्याडको उद्योग स्थापनामा गरेर नेपालीहरुलाई रोजगारी सिर्जना गरेकी छन्। विदेशी सेनेटरी प्याडको निर्भरतालाई कमी गर्न र गराउन पनि ठोस मदत गरेकी छन्।

प्रकाशन मिति–२०७९ साल भाद्र ४ गते शनिवार ।