काठमाडौं। महिलाहरुको पीडा अनि समस्या भनेकै यतिखेर पाठेघर तथा यसको क्यान्सर हो। जसको कारण विश्वका लाखौं लाख महिलाहरुले ज्यान गुमाइरहेका छन्। पाठेघर, जो सृष्टिको उदगम विन्दु हो। त्यही भ्रुण हुर्कन्छ। दुखःलाग्दो चाहि के भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ। थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन्।

पाठेघर आफैमा संवेदनसिल अंग हो। त्यही कारण पनि यसको सुरक्षा एवं स्वास्थ्यमा बढी सचेत हुनुपर्छ। तर, नचाहेरै पाठेघर रोगको घर बन्न पुग्छ। सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ। यो एक प्रकारको संक्रमण हो। समयमै निको नभए यसले क्यान्सरको रुप समेत लिन सक्छ।

प्रजननको लागि पाठेघर निकै महत्वपूर्ण अंग हो । पाठेघरविना सन्तान उत्पादन गर्न सम्भव छैन्। यद्यपी सन्तान उत्पादनको लागि पाठेघर मात्र जिम्मेवार छैन्। अण्डाशय, शुक्रकिट, पाठेघरको समान भूमिका रहन्छ। महिनावारी हुनुमा पनि पाठेघरको अहम भूमिका हुन्छ। तर, पाठेघर नभए पनि महिला हुन चाही सक्छ। तर, अण्डाशय भएन भने महिला हुन असम्भव छैन्। जन्मदा सामान्य हुने पाठेघर बढ्दो उमेरसँगै विकशित हुँदै जान्छ।

पाठेघरमा यसकारण रोग लाग्ने गर्दछ

– सरसफाइ अभाव

– मल्टीपल सेक्स पार्टनर,

– कम उमेरमा बच्चा जन्माउदा,

– बच्चा बढी जन्माउँदा,

– अत्यधिक चुरोटको सेवन,

– अवान्छित गर्भपतन,

– वंशाणुत समस्या आदी ।

मिन्स पर सार्ने चक्की र धेरै पिल्स खानु हुंदैन

– चाडवाडका बेला महिलाले महिनावारी सार्ने खालका औषधी प्रयोग गर्छन् । यसको कारण पनि पाठेघरसम्बन्धि थुप्रै समस्या देखिने गर्छ । किनकी यस्ता प्रकारका औषधीको सेवन गर्दा पाठेघरले विभिन्न हर्मोन उत्पादन गर्छ जसले असर पुर्‍याउँछ ।

– पिल्स चक्की बढी प्रयोगले पनि पाठेघरमा समस्या देखिन्छ। खासगरि यसले माशिक श्रावमा समस्या निम्त्याउँछ।

किन खस्छ पाठेघर ?
– विशेषगरि गाउँघरका महिलामा पाठेघर झर्ने समस्या देखिन्छ। खासगरि गह्रौ भारि बोक्ने, कम उमेरमा बच्चा जन्माउने, बढी जन्माउने, अत्यधिक चुरोट सेवन गर्ने भएकै कारण यस्तो समस्या हुने गर्छ।

– यस्तो समस्या भएमा त्यतिसाह्रो खोक्नु पनि हुँदैन। यसो गर्दा पाठेघर झन तल झर्ने खतरा हुन्छ।

– सुत्केरी महिलालाई पुरै आरामको जरुरत हुन्छ। यसो गरेमा यस्ता समस्या निम्तनबाट बच्न सकिन्छ।

सावधानी

– अबान्छित गर्भपतनबाट बच्नुपर्छ। कतिपय महिलाले शिशुको अवस्था थाहा नपाई सिधै गर्भपतन गर्छन् । यसले महिलाको स्वास्थ्यमा गम्भीर असर त पर्छनै रक्तश्रावको समस्यााले सबैभन्दा बढी सताउने गर्छ।

– वषरमा एक पटक अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । कुनै पनि रोगको लक्षण नदेखिदै स्वास्थ्य जाँच गराएमा सम्भावित खतराबाट बच्न सकिन्छ।

– पाठेघरको क्यान्सरबाट निकै मानिस अर्थात रोगको लक्षण नदेखिखदै यस्तो जाँच गराउँदा राम्रो हुन्छ।

– यसले पाठेघरको क्यानसरको समस्या अत्याधिक हुन्छ। यसबाट बच्नका लागि एचपीवि भाईरसको खोप अनिवार्य लगाउदा निकै लाभदायक हुन्छ। यस्तो खोप नौ वर्षको उमेरपछि जहिले पनि यस्तो खोप लिन सकिन्छ। यस्तो खोप छ हिनाको अवधिमा तीन पटक लिनुपर्छ। सकेसम्म शारिरिक सम्बन्धहुनुअघि नै यस्तो खोप लिएमा राम्रो हुन्छ।
प्रकाशन मिति–२०७५ साल असोज ८ गते सोमवार ।