Metro Bus start Kathmandu 12काठमाडौ। महिला परिचारिका सहित राजधानीको चक्रपथ रुटमा अत्याधुनिक प्रविधि जडित हाइटेक महानगर यातायात सञ्चालनमा आएको छ। महानगर यातायात प्रालिले १६ करोडको लगानीमा ३९ वटा वस सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगर यातायातले राजधानीको बनस्थलीमा बिषेश कार्यक्रम गरी अत्याधुनिक प्रविधिसहित हाइटेक प्रविधि जडित मेट्रो सेवाको सुरुवात गरेको छ।

Metro Bus Paricharika

यात्रुलाई निवासबाटै बसको दुरीको जानकारी दिने रोड म्याप,यात्रुको संख्याबारे जानकारी दिने लोकेसन ट्रयाकिङ सहितको यातायात नामक मोबाइल एप, स्वचालित ढोका तथा फ्रि वाइ फाइ जडित महानगर यातायातमा एलइडी टेलिभिजन र सीसीटिभि क्यामेरा समेत जडान गरिएको छ। बसमा राखिएको डिस्प्ले स्क्रिन र आवाजबाटै यात्रुले सुनिने गरी प्रत्येक स्टेसनमा पुगेको जानकारी दिने साउन्ड सिस्टम समेत बसमा जडान गरिएको छ।

Metro Bus start Kathmandu1

२१ जनाको संयुक्त लगानी रहेको महानगरको एउटा बसको लागत ३८ लाख ९० हजार तथा यसमा जडान भएका प्राबिधिक उपकरण १ लाख ५० हजार गरी करिव ४२ लाख रुपैयाँ हुने महानगर यातायातले जनाएको छ। जम्मा १६ करोडको लगानीमा सञ्चालनमा ल्याइएका ३९ वटा महानगरीय बसको सेवा यात्रुले बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म संचालन हुने पाउने बताइएको छ।

Metro Bus start Kathmandu 8

यात्रु चढाउने र ओराल्ने बाहेक समय नष्ट नगरी यात्रुहरुलाई सबैभन्दा छिटो गन्तब्यमा पु¥याउनु नै यात्रुका लागि बसको मुख्य आकर्षण हुने महानगर यातायात प्रालिका अध्यक्ष मधुसुधन अधिकारीको भनाइ छ। राजधानीको चक्रपथ परिक्रमा गर्ने गरी आइतबारबाट सञ्चालनमा आएको ननस्टप बस सेवाको पहिलो दिन निःशुल्क सेवा प्रदान गरिएको थियो।
प्रकाशन मिति–२०७२ साल फागुन ३० गते आइतवार ।