काठमाडौं। आम नेपाली महिला सशक्तिकरण अभियानमा अग्रणी भूमिका निर्वाह गर्दैआएको संस्था महिला शक्ति विकास केन्द्र नेपालको सातौ अधिवेशन तथा चौधौ साधारण सभा संपन्न भएको छ।

महिलाको हक, हित र अधिकार तथा महिला उद्यमशीलता विकासमा अग्रणी भूमिका निर्वाह गर्दैआएको महिला शक्ति विकास केन्द्र नेपालको सातौ अधिवेशन तथा चौधौ साधारण सभा संपन्न भएको हो।

काठमाडौंको छहारी हात्तिगौडामा संपन्न भएको अधिबेशनको अध्यक्षता रेविका जोशीले गरेकी थिइन्। सातौ अधिवेशन तथा चौधौ साधारण सभाले रिता घिमिरेको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ।

जसमा अध्यक्ष रिता घिमिरे, सचिब चिजा गुरुङ, कोषाध्यक्ष बिणा बस्नेत रहेकी छन्। सदस्यहरुमा इन्दिरा फुयाँल्, कृष्ण उपाध्याय, ईन्द्र लक्ष्मी श्रेष्ठ, निभा शाक्य चयन भएका छन्।
प्रकाशन मिति–२०७८ साल भाद्र ३१ गते विहीवार ।