ललितपुर । महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालयको सहयोग तथा स्थानीय दक्षिणकाली महिला समूहको आयोजनामा वडा स्वास्थ्य कार्यन्वयन समितिको लगनखेलस्थित सभाहलमा महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम भएको हो।

बुधवार र विहीवार गरेर दुई दिने अन्तरक्रियात्मक कार्यक्रमको शुभारम्भ ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको छ। आयोजक दक्षिणकाली महिला समूहकी अध्यक्ष जयकला केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्रेष्ठले महिला हिंसालाई रोक्न परिवारवाटै शुभारम्भ गर्नुपर्ने र यसमा महिलाहरु पनि जागरुक हुनुपर्ने कुरामा जोड दिएका छन्।

महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठले कार्यक्रमको संयोजकको भूमिका निर्वाह गर्दै महिलाहरुको हक, हित र अधिकारका वारेमा प्रकाश पारेकी थिइन्। वडा सदस्य अशोक कुमार श्रेष्ठले महिला हिंसा मात्र नभइकन कतिपय अवस्थामा पुरुष हिंसा हुने गरेको यथार्थता पनि बताएका थिए।

वडाको कानूनी सल्लाहकार तथा बरिष्ठ कानूनी अधिवक्ता पुरुषोतम ढुंगानाले स्रोत व्यक्तिको हैसियतले नेपालको संविधानमा महिला हिंसा विरुद्धका कानून तथा तिनले प्रतिपादन गरेका सजायका संवन्धमा प्रकाश पार्दै सहभागी महिला दिदीबहिनीहरुलाई सहज तथा सरल ढंगवाट अन्तरक्रिया गर्दै जनचेतना दिने कार्यमा उल्लेखनिय भूमिका निर्वाह गरेका थिए।

साथमा कुमारी पाटी फस्ट ल्याण्डका अध्यक्ष इन्द्र कुँवर, मानवअधिकारकर्मी नारायण लिंखा देवान तथा सञ्चारकर्मी श्याम स्मृतको सहभागिता रहेको थियो। वडा सदस्य पूनम निरौलाले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

प्रकाशन मिति–२०७७ साल पुस २२ गते बुधवार ।