Poleko MoMo 2

काठमाडौ। नेपालमा मम भनेपछि सवैको प्रिय खानेकुरा भैसकेको छ। विशेष गरेर खाजाको रुपमा प्रयोग हुंदैआएको मम खानको लागि कतिपय स्थानमा हानथाप नै हुने गरेको छ। सजिलो र सहज ढंगले खान मिल्ने मिठो परिकार भएकोले मम भनेपछि सवै हुरुक्क हुने गरेका हुन्।

Poleko MoMo 1विशेषत मम भनेपछि नेपालमा स्टीम मम र फ्राई मम बढी लोकप्रिय रहेको छ। पोलेको मम खाने प्रचलन हालसम्म आएको पाइएको छैन्। नेपालमा अव पोलेको मम पनि खान पाइने भएको छ। नेपालका प्रसिद्ध सेफ महेशराज ढकालले पोलेको ममको रेसेपी तयार पारिसकेका छन्। पोलेको ममलाई मार्केटमा ल्याउने कार्य सेफ ढकालले प्रयास गर्ने भएका छन्।

Mahesh Dhakalसेफ ढकालको नितान्त नयाँ प्रयोगको रुपमा मानिएको पोलेको ममको स्वाद होलीको अवसरमा काठमाडौको सामाखुशी रेडहनपुल स्थित सम्राट गार्डेन रेष्टुरेन्टमा हुन गैरहेको तीन दिने खाना उत्सवमा पाइने भएको छ।

फागुन २७, २८ र २९ गते पोलेको ममको डेमोन्स्ट्रेसन गरेर देखाउने कार्य समेत सेफ ढकालले गर्ने भएका छन्। सेफ ढकालको यो प्रयासको सफलता पश्चात पोलेको ममको बजारमा व्यापक माग हुने अपेक्षा गरिएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन २६ गते विहीवार ।