काठमाडौं। नेपालका ख्यातिप्राप्त हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको छ। विसं.२०४६ सालको जनआन्दोलनका सर्वमान्य नेता बीर गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीलाई सम्मान गरिएको हो।

बीर गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको भनिएको छ।

काठमाडौंको रत्नपार्क शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए।
प्रकाशन मिति–२०७५ साल कात्तिक २४ गते शनिवार ।