susma-baidhyaकाठमाडौ। बयोबृद्ध नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरणकी पत्नी सुषमा बैद्य पोहोरको एसएलसी परीक्षामा फेल भएपछि यो बर्ष जसरी पनि पास गर्ने लक्ष्यका साथ परीक्षा दिन व्यस्त बनेकी छन्।

एसएलसी परीक्षा प्रारम्भ भएदेखि पढाईमा नै अत्यन्त व्यस्त बनेकी बैद्य पत्नी सुषमा यतिखेर आफूलाई परीक्षाकै चटारो रहेको भन्छिन्।

इज्जतको सवाल बनेको एसएलसी परीक्षामा राम्रो अंक ल्याएर पास गर्ने धुनमा नै आफू रहेको उनले भनेकी छन्। दैनिक चार घण्टा मात्र सुतेर बाँकी समय टुपी कसेर एसएलसी परीक्षाको पढाईमा नै व्यस्त बनेको समेत उनले बताएकी छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र २२ गते सोमवार ।