एकीकृत नेकपा माओवादीको कदम पछि तरंगित नेपालको राजनीतिमा यतिखेर प्रतिक्रियाको पारो बढेको छ । दलहरुले माओवादीको कदम र प्रस्ताव एवं आव्हानलाई लिएर आफ्नो प्रतिक्रिया जनाउन थालिसकेका छन् । यही समयमा सरकार परिवर्तनको सुत्रधार मानिएको नेपाली काँगे्रेसले पनि मधेस केन्द्रित दलहरुसंग छलफल गरेर उनीहरुको प्रतिक्रियालाई सार्वजनिक गराउने काम गरेको छ ।