काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपले फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आज बुधवार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएको हो ।

संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई सचेतक गुरुङले पत्र बुझाइएको थियो। यसअघि हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवदाी केन्द्रले विसं.२०७४ साल फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको थियो।

सर्वोच्चको आदेशअनुसार गत फागुन २८ गते नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा रहे पनि प्राविधिक रुपमा भने समर्थन फिर्ता लिएका थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते संसदमा विश्वाशको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले सर्मथन फिर्ताको औपचारिकता पूरा गरेको जनाएको छ।
प्रकाशन मिति–२०७८ साल बैशाख २२ गते बुधवार ।