Vetran Singer & Musician of Nepal- Mr. Surya Thulung
Vetran Singer & Musician of Nepal- Mr. Surya Thulung

surya thulung 1काठमाडौ। तीसको दशकका अत्यन्त चर्चित गायक तथा संगीतकार सूर्य थुलुङका गीत तथा संगीत हरपल सदावहार नै रहेका छन्। सुमधुर स्वर तथा कर्णप्रिय गीत अनि मनै छुने नओइलाउने फूलजस्तो गीतका स्रष्टा सूर्य थुलुङ नेपालको तेश्रो संविधान दिवसको अवसरमा सम्मानित बनेका छन्।

मागी मिठो खाँदैन–चोरी राम्रो लाउंदैन–यो नेपाली ठिटो बोल जस्ता अत्यन्त कर्णप्रिय राष्ट्रिय जागरण गीतका गायक थुलुङलाई नेपालका सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले रेडियो नेपालमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन्। रेडियो नेपाल तथा गृह मन्त्रालयव्दारा आयोजित जागरण गीत सम्मेलनमा जागरण गीतका स्रष्टा गायक तथा संगीतकार थुलुङलाई सम्मानित गरिएको हो।

जागरण गीत सम्मेलनमा गायक तथा संगीतकार थुलुङले मागी मिठो खाँदैन–चोरी राम्रो लाउंदैन–यो नेपाली ठिटो गीत गाएर सवैको वाहवाही बटुल्न फेरि सफलता प्राप्त गरेका थिए। गायक तथा संगीतकार थुलुङका अलावा तारा थापा, कुन्ती मोक्तान लगायतका गायक–गायिकाहरुलाई पनि सम्मानित गरिएको थियो।

surya thulung 2प्रकाशन मिति–२०७४ साल असोज ४ गते बुधवार ।