काठमाडौं। इन्टरनेशनल नेपाली फिल्म डाइरेक्टर उदय सुव्वाको पछिल्लो चलचित्रको नाम नै आकाशे–खेतीको सम्पादन कार्य पनि संपन्न भएको छ। बुधवार माघीको दिन चलचित्र आकाशे–खेतीको सम्पादन कार्य सम्पन्न भएको हो।

माघ महिनाभित्र संपूर्ण पोष्ट–प्रोडक्सनको कार्य संपन्न हुने जानकारी इन्टरनेशनल डाइरेक्टर सुव्वाले भिजन संसार डटकमलाई दिएका छन्। यस चलचित्रको बाली उठाउने डेट अर्थात रिलिज डेट पनि तोकिएको छ। आकाशे–खेतीको बाली उठाउने डेट नयाँ बर्ष २०७७ सालको बैशाख २६ गतेवाट तोकिएको हो।

एस एस इन्टरनेशनल प्रस्तुतिमा निर्माण भएको चलचित्र आकाशे–खेती पूर्ण मनोरञ्जक तथा हांस्य–प्रधान रहेको ठोकुवा पनि निर्देशक सुव्वाको रहेको छ। विक्रमको छायाँकन, राजु किरातीको फाइट, राम जी लामिछानेको डान्स डाइरेक्सन रहेको यस चलचित्रमा विकाश चौधरीको संगीत रहेको छ।

आकाशे–खेतीमा बाली लगाउने कलाकारहरु विल्सन विक्रम राई तोक्मे बुढा,गौरव पहाडी, निता ढुङ्गगाना, बुद्धि तामाङ्ग हैट, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा, कृषा गुरुङ, रामकृष्ण न्यौपाने, भुवन कुमार काफ्ले, जयनन्द लामा, उदय सुव्वाको विशेष अभिनय रहेको छ।
प्रकाशन मिति–२०७६ साल माघ १ गते बुधवार ।