काठमाडौं। काठमाडौं उपत्यका लगायत देशैभर विगत तीन देखि परिरहेको लगातारको बर्षा रोकिएको छैन्। शुक्रवार रातिदेखि परेको अविरल बर्षा नरोकिदा जनजीवन कष्टप्रद बन्दैगएको छ।

मौसममा आएको यो परिवर्तनले माघमा पनि यसरी अविरल बर्षा हुनुलाई अनौठो मानिएको छ। मौसम पूर्वअनुमान महाशाखाका अनुसार, मौसमको सुधार सोमवारदेखि मात्र हुने भएको छ। महाशाखाले आइतवारसम्म पनि बर्षा हुने अनुमान गरेको छ।

काठमाडौंको चन्दागिरि डाँडामा हिमपात भएको छ। हुम्ला, जुम्ला, डोल्पा लगायतका विकट स्थानमा अविरल बर्षाको कारण हिमपात भएको छ। त्यहाँको जनजीवन अझ कठिन हुन पुगेको छ।
प्रकाशन मिति–२०७५ साल माघ २६ गते शनिवार ।