काठमाडौं। कोरोना कहरको महामारीमा रक्त व्यवस्थापनमा समेत नकारात्मक प्रभाव पारेको छ। यो प्रभावलाई न्यूनिकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजव्दारा रक्तदान गर्न र गराउन देशभर आव्हान गरिएको छ।

सोही आव्हानलाई सार्थक बनाउने कार्य भाद्र १९ गते शुक्रबारका दिन भकुण्डे चौर युवा समाजद्वारा भएको समाजले जनाएको छ। समाजका अनुसार, शुक्रवार चन्द्रागिरि नगरपालिका वडा नंबर ८ मातातिर्थ स्थित भकुण्डेचौरमा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ।

स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा.मनिता राजकर्णिकारको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम संपन्न भएको हो।

कार्यक्रममा महिला तथा पुरूष गरेर जम्मा १२३ जनाले स्वयंसेवी तवरले रक्तदान गरेका थिए। सो कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष प्रबिण केसीवाट भएको थियो।
प्रकाशन मिति–२०७७ साल भाद्र २० गते शनिवार ।