ललितपुर । खेल र खेलाडीको विकासको लागि स्थापित मानभवन ब्याटमिन्टन क्लबलाई ललितपुर महानगरपालिका वडा नंबर ५ ले १ लाख २५ हजार र ७५ हजार गरेर हालसम्म २ लाख आर्थिक अनुदान सहयोग गरेको छ।

ब्याटमिन्टन खेलको माध्यमवाट खेल र खेलाडीको सर्वाङ्गिन विकासमा विशेष टेवा दिदैआएको मानभवन ब्याटमिन्टन क्लबव्दारा आयोजित अन्तर सदस्यीय ब्याटमिन्टन खेलको लागि वडाले विशेष अनुदान सहयोग गरेको हो।

वडाको सोही सहयोगवाट गत माघ १७ देखि फागुन १ गरे सम्म आयोजित अन्तर सदस्यीय ब्याटमिन्टन प्रतियोगिता ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन्न भएको छ।

समापन समारोहमा विजयी खेलाडीहरुलाई प्रमाण–पत्र तथा ट्रफी वितरण गर्दै वडा सरकार प्रमुख श्रेष्ठले खेल र खेलाडीको सर्वाङ्गिन विकासमा मानभवन ब्याटमिन्टन क्लबको ठूलो योगदान भएको बताएका छन्।

प्रतियोगिता आयोजक समितिका संयोजक भिभोर लामाले यस्ता प्रतियोगिताले खेलाडीको हौसला र खेलको स्तर बृद्धि गर्न सहयोग गरेको वताएका छन्। कार्यक्रम क्लब का अध्यक्ष राकेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशन मिति–२०७७ साल फागुन ४ गते बुधवार ।