काठमाडौं। मानविय जागरुक समाज र स्वेतकाली भजन मण्डल नरदेवीको आयोजनामा विशेष रक्तदान कार्यक्रम भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर २४ स्थित नरदेवी चोकमा विशेष रक्तदान कार्यक्रम भएको हो।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो। कार्यक्रममा उपमेयर श्रेष्ठले नेपाली चलचित्र उद्योगका ख्यातिप्राप्त फाइट मास्टर नानीकाजी डंगोल (नाँगे)लाई ब्लड ब्याग दिएर रक्तदान कार्यको शुभारम्भ गरेकी थिइन्।

रक्तदान कार्यक्रमको शुभारम्भमा संवोधन गर्दै उपमेयर श्रेष्ठले कोरोना कहरको वर्तमान विषम परिस्थितिमा रक्तदानको महत्व अझ व्यापक रहेको वताउंदै रक्तदान महादान नै भएको कुरामा जोड दिएकी छन्। कार्यक्रमको स्वागत भाषण आयोजक मानविय जागरुक समाजका प्रवक्ता खगेश रञ्जितकारले गरेका थिए भने, कार्यक्रम संचालन नविन शाहीवाट भएको थियो।

डेविड श्रेष्ठ, मनोज दर्शनधारी, राजु दर्शन, राजेश श्रेष्ठ, नानीकाजी डंगोल, सगुन श्रेष्ठ, सिलुकाजी महर्जन लगायतलाई कदरपत्रव्दारा सम्मानित गरिएको थियो। विशेष रक्तदान कार्यक्रममा ७९ जना रक्तदाताहरुले रक्तदान गरेको आयोज मानविय जागरुक समाजले जनाएको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख ४ गते शनिवार ।