Woman_taskariकाठमाडौ। घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्‍याएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको छ।ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१ जना नेपाली महिलालाई स्वदेश फर्काएको हो।

फर्काइएकामध्ये १२ जना मंगलबार र १९ जना बुधबार नेपाल आइपुगेका हुन् । नेपाल फर्काइएकामध्ये केही बिरामी छन् । झापा, मोरङ, बर्दिया, काभ्रे, सिन्धुपाल्चोक, रौतहट, बाँके जिल्लाका ती महिला दुबई एयरपोर्टमा अलपत्र परेका थिए । तस्करले विभिन्न स्थानका महिलालाई दिल्लीको बाटोबाट कुवेत लैजाने प्रयास गरेका थिए।

अध्यागमन विभागलाई ती महिलाले कुवेत जान मानव तस्करलाई दुई लाख रुपैयाँभन्दा बढी रकम तिरेर गएको बयान दिएका छन्। तर, उनीहरूले कुनै मानव तस्करको नाम भने बयानमा उल्लेख नगरेको अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख २१ गते विहीवार ।