काठमाडौ। नेपाली कथानक चलचित्र ‘दिपज्योति’को सोमबार काठमाडौको नक्साल स्थित जयनेपाल हलमा विहान ८ बजे विशेष प्रदर्शन भएको छ । मानव सेवा आश्रमको सहयोगार्थ चलचित्रको विशेष शो भएको हो।

नारायण मैनालीको निर्देशन रहेको ‘दिपज्योति’का सल्लाकार निर्देशनमा कमल मैनाली रहेका छन्। कृष्ण खनालको प्रस्तुति कार्यकारी निर्माता रामकृष्ण अधिकारी, निरंजन ठाकुरको निर्माण, निर्माणपरिकल्पना उत्तम के.सी.रहेको चलचित्र ‘दिपज्योति’मा नीर शाह, लय संग्रौला, सजोज खनाल पुष्कर रेग्मी, प्रमोद ‘दिप’, रजनी केसी, खुश्बु खड्का, शेखर केसी, शेरबहादुर गुरुङ, सानुकाजी श्रेष्ठ, रेशम फिरिरि लगायतका कलाकारहरुको अभिनय रहेको छ।

बाल कलाकारमा सुमित थापा, प्रीति चापागाई, सुशिल थापा, आर्चन खड्का, आर्नल श्रेष्ठ आदि छन् । हरीष पन्तको कथा, पटकथा सम्वाद शिव घिमिरे, नृत्य रामजी लामिछाने, व्दन्द सम्राट बस्नेत, संगीत विकास चौधरी, सचिन गिरी, सम्पादन गौतम राज खड्काको रहेको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।