–प्रज्ज्वल घिमिरे
मानिसहरु विभिन्न रोगहरुवाट ग्रसित हुने गर्छन्। झन त्यसमाथि हाम्रोजस्तो शिक्षाको अभाव भएको देशमा विभिन्न रोगहरुवाट पीष्त हुने मानिहरुको संख्या दिनानुदिन बढ्दै जानुलाई अस्वभाविक ढंगले हेर्न मिल्दै–मिल्दैन। जन–चेतनाको कमीका कारण सामानय उपचार गर्दा निको हुन सक्ने रोगहरु पनि हाम्रो लागि विकराल समस्याको रुपमा देखा पर्ने गरेको छ। विश्वमा चिकित्सा विज्ञानले सफलतापूर्वक यति ठूलो फड्को मारिसक्दा पनि हामी परम्परावादी सोच र रुढीवादी विचारहरुकै पछि दगुरिरहनु नै यसको मूल कारण हो।

खासगरी अन्य स्वास्थ्यको समस्याको तुलनामा मानसिक समस्या भएकाहरुलाई हाम्रो मुलुकमा ज्यादै तुच्छ दृष्टिकोणवाट हेरिने परम्परा विकसित देशहरुको तुलनामा व्यावहारिक शिक्षाको अभावका कारण कायमै रहेको छ। साथमा शिक्षित व्यक्तिहरुले पनि व्यवहारमा परमपरावदाी सोचको दवावमा परी चेतनाको अभावलाई पूर्ति गर्न नसकिरहेको यथार्थलाई पििन हामीले स्वीकार्नै पर्ने हुन्छ।

त्यसैको परिणाम स्वरुप विगतमा मानसिक समस्या भएकाहरुले आफ्नो समस्या समाधान गर्न औषधि लगायत परामर्श र अन्य सेवाहरु प्राप्त गरेको खण्डमा स्वस्थ हुन सक्छन भन्ने कुरामा कोही पनि पटक्कै विश्वस्त हुन सकेनन्। जसलेगर्दा मानसिक समस्या भएकाहरुलाई धामी–झाँक्रीकहाँ झारफुक्कका लागि लग्ने र पूर्वजुनिको पापा कारण यस्तो समस्या हुने गर्छ भन्ने ठम्याइ नेपाली समाजमा पूर्ण रुपमा स्थापित हुन पुग्यो।

त्यही कारणले गर्दा मानसिक समस्या भएकाहरु समाजवाट अपहेलित भएर एक्लिने र स्वस्थ हुनु त कहाँ हो कहाँ ? झन झन समस्या बढ्ने परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगे। साथमा विग्रेको मेशिनको काम नलाग्ने पाट–पुर्जा जस्तो तिनलाई समाजमा हैसियत विहीन वस्तुका रुपमा हेरिन पनि थालियो। तर, वास्तवमा जसरी एउटा मानसिक समस्या नभएको मान्छेले जीवनमा उपयोगी काम उसको आफ्नो दक्षता र क्षमता अनुसार गर्न सक्छ। त्यसरी नै एउटा मानसिक समस्या अनुभव गरेको व्यक्तिले पनि सदभावपूर्ण व्यवहारले समयमा उपचार पाइ समाजका लागि केही गर्ने अवसर पायो भने, ऊ मानसिक समस्या नभएको व्यक्तिको तुलनामा कम हुँदैन भन्ने कटु सत्यलाई चेतनाको अभावका कारण नेपाली समाजमा धेरैले स्वीकारेनन्।

सदविचार, सदभावना र सदाचार हरेक मानिसलाई एक आपसमा नजिक्याएर भाइचारा र प्रेम बढाउने उपायोगी व्यवहार हो। हाम्रो शास्त्रहरुले पनि बसुदैव कुटुम्बकमको मूल मन्त्रको प्रतिनिधित्व गर्दछ। जसले जुनसुकै मानिस चाहे–त्यो धनी होस्–चाहे गरिब, चाहे त्यो बलियो होस्, चाहे निर्वल, त्यो ठूलो पद पाएको व्यक्ति होस्। चाहे सानो, चाहे त्यो जुनसुकै जातको होस् अथवा जुनसुकै देशको । यदि उनीहरुलाई आपसी प्रेममा बाँध्न सकिएन भने त्यहाँ मानवताको कुनै गुन्जाइस नै हुंदैन्। ठीक त्यसरी नै एउटा मानसिक स्वास्थ्यको समस्या भएको मान्छेलाई पनि घृणा ग-यो भने त्यो कहिल्यै स्वस्थ हुन सक्दैन। भनेपछि यसवाट के बुझ्न सकिन्छ भने एउटा मानसिक स्वास्थ्य ठीक भएको व्यक्तिलाई त माया, ममता र प्रेम विना समाजमा मानवका लागि उपयोगी काम गराउन सकिन्न भने झन एउटा मानसिक स्वास्थ्यको समस्या अनुभव गरेको व्यक्ति जो आफ्नै सोचाई र सवैको अपहेलनाका कारण पीडित हुन्छ–उसले कसरी माया, ममता र प्रेमविना जीवनमा खुशी हुंदै आफ्नो प्रतिभालाई समाजमा पस्किन सक्छ।

दुनियाँमा धेरै मानसिक समस्या भएकाहरु ठूला–ठूला लेखक, कलाकार, समाजसेवी र दार्शनिक भएका उदाहरणहरु हामीसंग प्रशस्तै छन र एउटा मानसिक स्वास्थ्य ठीक भएको व्यक्ति भन्दा पनि उनीहरु समाजका लागि उपयोगी काम गर्न सक्रियताका साथ लागि परिरहेको दृष्टान्तहरु पनि हामीसंग नभएका होइनन्। मानसिक स्वास्थ्यको समस्या अनुभव गरेकाहरुको खुबीको कदर गरी सम्मानित जीवन जिउन प्रेरणा र प्रोत्साहन दिन सकेको खण्डमा उनीहरुवाट संसारले नै मानव कल्याणका लागि धेरै कुराहरु हासिल गर्न सक्छ भन्ने कुरा सावितै भैसकेको छ।

त्यसैले कुनैपनि मानसिक स्वास्थ्यको समस्या भएको व्यक्तिलाई मनोचिकित्सक कहाा पु¥याइ नियमित औषधि सेवन गराई संवन्धित क्षेत्रसंग आवद्ध संघ–संस्थाहरुवाट अन्य सेवा र परामर्श लिइ घर र समाजमा उनीहरुका लागि सदाचाररुपी उपयुक्त वातावरण सिर्जना गर्न सक्यो भने संसारभरिका सवै मानसिक समस्या भएकाहरुवाट समाजले अपेक्षाकृत फाइदा उठाउन सक्छ भन्ने कुरालाई शिक्षित मानिसहरु धेरै भएको विकसित मुलुकहरुले स्वीकार्दै प्रमाणित गरिसकेका छन्।

प्रेममा ठूलो शक्ति हुन्छ। त्यसैले समाज र आम मानिस भन्दा फरक व्यवहार गर्ने र आम मानिस भन्दा अलग सोच राख्ने मानसिक समस्या भएकाहरुलाई पनि समझदारीपूर्वक प्र्रेममय वातावरणमा उपचार गराउन सके उनीहरुले समाजमा योगदान दिन नसक्ने कुनै कारण रहँदैन। तसर्थ रुढीवादी र परम्परावादी सोच त्यागी शिक्षाको निचोडलाई सतचरित्र निर्माणको रुपमा ग्रहण गरी ज्ञानको मूल रुप र वास्तविकता प्रेम नै हो भन्ने तथ्यलाई स्वीकारी मानसिक समस्या भएकाहरुलाई पनि सदभाव, सदाचार र सदव्यवहार गरी उनीहरुप्रतिको सोच र धारणामा पूर्ण परिवर्तन गर्न सके कुनैपनि समाज र देशले मानसिक समस्या भएकाहरुको दक्षता र क्षमतावाट ठूलो फाइदा उठाउन सक्ने कुरामा कसैले शंका र सन्देह गरिरहनु पर्ने थिएन।
(नामी साप्ताहिकवाट साभार )
प्रकाशन मिति–२०७६ साल असोज २३ गते विहीवार ।