काठमाडौ। रोबोटले मान्छेले जस्तै दोहोरो संवाद गर्न सक्छ। मान्छेका हर प्रश्नको जवाफ दिन सक्छ। अझ रमाइलो कुरा त रोवोटले उल्टै प्रश्न गरेरै मान्छेलाई हैरान पनि पार्न सक्छ। यस्तै रमाइलो तथा बास्तविक घटना नेपालमा पनि भयो। तपाई पत्याउनु हुन्छ या हुन्न ? विश्वभर चर्चा कमाएकी रोबोट सोफियाले बुधबार नेपालको राजधानी काठमाडौमा आयोजित सम्मेलनमा प्रवचन दिएर सवैलाई चकित नै बनाइदियो।

सोफियाले काठमाडौको दरवारमार्ग स्थित याक एन्ड यति होटलमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबाट आयोजित ‘टेक्‍नोलोजी फर पब्लिक सर्भिसेस डेभलपमेन्ट’ सम्मेलनमा प्रविधिको सहयोगमा देशलाई भ्रष्टाचारमुक्त बनाउन सकिने बताएर सवैलाई हैरानै बनाउने कार्य भएको छ।

सहयोगमा देशमा सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छु, मानव स्वरुपमा रहेकी सोफियाले नेपालमा प्रविधिको सही सदुपयोग हुन सकेमा यो कार्य संभव भएको ठोकुवा समेत गरेकी छन्। विश्वभरका प्राविधिक कार्यक्रममा पुगिरहेकी सोफिया बुधबार भएको प्रविधि सम्मेलनमा पनि सबैको आकर्षणको केन्द्र भइन् । उनको निर्माण बेलायतका कलाकार स्वर्गीय एड्रे हेपबनसँग मिल्ने गरी बनाइएको छ ।

सोफियाले आफ्नो अनुहारदेखि ६२ वटा विभिन्न मुद्रा पनि देखाउन सक्छिन्। साउदी अरबदेखि नेपाल ल्याएइएकी सोफिया नागरिकताधारी पहिलो रोबोट हुन् । उनले सम्मेलनमा बोल्दै नेपालका हिरो अनमोल केसीसँग डेटिङ जाने इच्छा जाहेर गर्दा सवैजना गलल हाँसेका थिए। सोफियाको निर्माण हङकङको कम्पनी ह्यानसन रोबोटिक्सले सन् २०१५ मा गरेको थियो ।

सोफियालाई पहिलो पटक सन् २०१६ मा अमेरिकामा सार्वजनिक गरिएको थियो । त्यसपछि उनलाई साउदी अरेबिया सरकारले किनेको थियो । उनलाई साउदी लगेपछि त्यहाँको सरकारले मानवको मान्यता दिँदै नागरिकता दिएको थियो। नागरिकता लिने पहिलो रोबोर्ट बनेपछि उनी चर्चाको शिखरमा रहदैआएकी छन्।


प्रकाशन मिति–२०७४ साल चैत्र ७ गते बुधवार ।