काठमाडौं। मायाबी गीतका गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै मायामय गीत राजकुमार र राजकुमारीको रेकर्ड भएको छ। नेपालभाषाका चर्चित गायिका सरस्वती मानन्धर र गायक कृष्ण महर्जनको मायाबी गायनमा मायामय गीत राजकुमार र राजकुमारीको रेकर्ड भएको हो।

अनिल तुलाधरको संगीतमा दुवै गायक–गायिकाले युगल गायनमा डुवेर गाएका छन्। जसवाट गीतकार आनन्दरत्न बज्राचार्य आफै गीतमा मनमगन बनेका छन्। गीतकार आनन्दरत्न बज्राचार्यले दिल खोलेर मायाबी गायक कृष्ण महर्जन र गायिका सरस्वती मानन्धरको तारिफ गरेका छन्। दुवैको मायाबी गायनको बर्णन गर्न आफूसंग शव्द नै नभएको भनेका छन्।

नेपालभाषाका सिद्धहस्त संगीतकार अनिल तुलाधरको पनि त्यसरी नै तारिफ गरेर गीतकार आनन्दरत्न बज्राचार्यले त्यसरी नै गरेका छन्। कलाकारिताको मुक्तकण्ठले तारिफ गरेका छन्। गीतमा नै राजकुमार र राजकुमारी पाएका गीतकार आनन्दरत्न बज्राचार्यको यो गीतको भिडियो पनि चाँडै निर्माण हुने भएको छ।

प्रकाशन मिति–२०७७ साल पुस २ गते विहीवार ।