काठमाडौं। नेपाली आधुनिक संगीतमा मायाबी गुलाबी आवाजकी धनी अग्रज गायिका देविका बन्दनाको विलकुलै फरक बोल तथा शैलीको मारुनी गीत सार्वजनिक भएको छ। जसको बोल नै भोलिलाई कसले पो देख्या छ–आज नै नाचौ गाऔं रहेको छ।

भर्सटायल गीतका गायिकाको छवि राखिसकेकी गायिका देविका बन्दनाले आधुनिक, चलचित्र गीत, पपगीत, नेपालभाषा गीत, भजन गीत, राष्ट्रिय गीत गायनको लर्को पश्चात मारुनी गीत गाएकी हुन्। यस मारुनी गीतमा नरहरि प्रेमीको सङ्गीत तथा शब्द, अमोश तामाङको सङ्गीत एरेञ्ज र दीप तुलाधरको मिक्सिङ–माष्टरिङ रहेको छ।

डान्स कोरियोग्राफर दीपा शाक्यको निर्देशन र कोरियोग्राफी रहेको यो गीतको भिडियोमा आकाश श्रेष्ठ, निशा गुरुङ, विशाल गुरुङ एव विजी एरोविक एण्ड डान्स एकेडमी पोखराको डान्स ग्रुपलाई फिचरिङ गरिएको छ। अनिल श्रेष्ठले निर्माण गरेको भिडियोमा संजय लामाको छायाँकन र विजेश पौडेलको सम्पादन रहेको छ।

प्रकाशन मिति–२०७६ साल फागुन ३ गते शनिवार ।