काठमाडौं। नेपाली चलचित्र उद्योगमा फरक कोण र फरक सोचवाट डान्स डाइरेक्सन गर्दैआएका ख्यातिप्राप्त डान्स डाइरेक्टर गोविन्द राई निर्माता–निर्देशक तथा कोरियोग्राफर बनेका छन्। लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिदैआएका डान्स डाइरेक्टर राईले नौलो कदम चालेको हो।

गोविन्द राई इन्टरटेन्टमेन्ट च्यानल खोलेर भटाभट गीतका म्युजिक भिडियो निर्माण–निर्देशन तथा कोरियोग्राफी गर्ने कार्यमा छलाङ मार्ने कार्य डान्स डाइरेक्टर राईवाट भैरहेको छ। यसक्रममा विस्तारै विस्तारै वोलको विलकुलै नयाँ गीतको भिडियो निर्माण–निर्देशन तथा कोरियोग्राफी गर्ने कार्य गरेर थप नौलोपना थपेका छन्।

राजेशकुमार श्रेष्ठको गीत तथा एलिश कार्कीको संगीत रहेको गीतमा चर्चित गायक प्रताप दास र गायिका कविता श्रेष्ठको सुमधुर गायन रहेको छ। यस गीतलाई डान्स डाइरेक्टर राईको गोविन्द राई इन्टरटेन्टमेन्ट युट्युब च्यानलवाट विश्वव्यापी रिलिज गरिएको छ।

गीतको भिडियोमा चर्चित नायिका एलिजा गौतम र अभिनेता यशराज गराचलाइ फिचर्ड गरिएको छ। दुवै नायक–नायिकालाई मायालु जोडीको रुपमा फिचरिङ गर्ने कार्य डान्स डाइरेक्टर राईले गरेका छन्। जुन मनमोहक मायाबी देखिएको छ।

प्रकाशन मिति–२०७७ साल माघ २८ गते बुधवार ।