काठमाडौं। युवा निर्देशक लिगेश भट्टराईको निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ।

पछिल्लो समय सांगितिक क्षेत्रमा म्युजिक भिडियो निर्माणमा तिब्रता आईरहेको बेला निर्देशक भट्टराईले आधुनिक गीतको भिडियो दर्शकमाझ ल्याएका हुन्। जय माँ अम्बे फिल्मसकोे ब्यानरमा भानु महर्जनको प्रस्तुतिमा ‘मायामा सानु’ बोलको गीतको भिडियो निर्देशक भट्टराईको निर्देशनमा निर्माण भएको हो।

शब्द विमल गौतम, संगीत अर्जुन पोखरेलको रहेको यस गीतमा स्वर प्रमोद खरेल र अञ्जु पन्तको रहेको छ। बुढासुब्बा म्युजिक मार्फत सार्वजनिक गरिएको यस भिडियोमा प्रज्वल गिरी, राधा खड्का लगायतका कलाकारको अभिनय रहेको छ।

https://www.youtube.com/watch?v=Qfe4rLNOMSc&feature=youtu.be

प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।