माले। आतंकवादलाई सहयोग गरेको आरोपमा माल्दिभ्सको एउटा अदालतले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई जेल सजायको फैसला सुनाएको छ।

८० वर्षीय गयुम बुधबारको अदालतको फैसलाअनुसार अव १९ महिना जेल बस्नुपर्ने भएको छ। गयुमसँगै प्रधानन्यायाधीश अब्दुल्ला साइद र सर्वोच्च अदालतका न्यायाधीश अलि हमिदलाई पनि गत फेब्रुअरीमा नियन्त्रणमा लिइएको थियो। उनीहरू तीनै जनालाई फरक–फरक आरोप लगाइएको छ।

प्रधानन्यायाधीश र न्यायाधीशलगायत अन्य न्यायिक अधिकारीलाई भने सरकार ढाल्न घूस लिएको आरोप लगाइको छ । तर उनीहरूको मुद्दा भने अहिले अगाडि बढेको छैन्। देशमा संकटकालको घोषणा गर्नेबित्तिकै उनीहरूलाई पक्राउ गरिए पनि अभियोग लागेकाहरूले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।
प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार ।