ललितपुर । कोरोनाको वर्तमान महामारीमा बच्ने पहिलो उपाय भनेकै सुरक्षित रुपमा मास्क लगाउनु नै हो। सुरक्षित रुपमा मात्र मास्क लगाएमा मात्र पनि यो कोरोनाको महामारीवाट बच्न र बचाउन सकिन्छ। सरकारले सचेतानात्मक सप्ताहव्यापी मास्क लगाऔं अभियान नै संचालन गरेको हो।

यसक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा साताव्यापी मास्क लगाऔ अभियान संपन्न भएको छ।

आइतवार सातौ दिनको मास्क लगाऔं अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्रको साथमा सुन्दरढोका साथी सेवाको आयोजनामा मास्क लगाऔं अभियानमा वडा अध्यक्ष श्रेष्ठ विहानैवाट आफै माइकिङ गर्दै ५ नंबर वडाका प्रत्येक टोल टोलमा पुगेर निःशुल्क मास्क वितरण गरेर मास्क लगाएर कोरोना महामारीवाट बच्न र बचाउन अनुरोध गर्ने कार्य भएको छ।

जसमा स्थानीय जनताका साथमा वडा अध्यक्ष श्रेष्ठको नेतृत्वमा वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला, अशोक कुमार श्रेष्ठ, मञ्जु रिजाल तथा सामुदायिक प्रहरीको सक्रिय सहभागिता रहेको थियो।

प्रकाशन मिति–२०७८ साल साउन ३१ गते आइतवार ।