Aishwarya Rai with Abhisek Bachhan 3काडमाडौ। बलिउडका महानायक अमिताभ बच्चनका छोराबुहारी अभिषेक बच्चन र ऐश्वर्या राय वीचको दाम्पत्य जीवनमा खासै कुनै दरार पैदा भएको देखिदैन। ऐश्वर्र्या र अभिषेक वीचको संवन्धको विषयमा मिडियामा खासै त्यस्तो कुनै विवाद तथा तहल्कापूर्ण समाचार प्रकाशनमा आएको देखिदैन।

Aishwarya Rai with Abhisek Bachhan 2

दुवैवीचको संवन्ध सुमधुर नै भएको बताइन्छ। यद्यपि, ऐश्वर्र्याको अगाडि निक्कै नै फिक्का फिक्का देखिने अभिनेता अभिषेक बच्चन कहिलेकाही पत्नीको अगाडि हिनतावोध पनि गर्ने गर्छन भन्ने बलिउडमा यसै हप्ता भएको घटनाले प्रमाणित गरेको छ। ऐश्वर्या अभिनित पछिल्लो फिल्म सरबतको स्पेशल स्क्रिनिङ्ग प्रोग्राममा ऐश्वर्या पति अभिषेकको हात समाएर त्यस समारोह पुगेकी थिइन्।

Aishwarya Rai with Abhisek Bachhan 1

हात मिलाउने र हग गर्ने सामान्य प्रक्रियावाट अगाडि बढ्ने क्रममा एक मिडियाकर्मीले प्रश्न गर्न खोज्दा एकाएक ऐश्वर्याको हात झड्काएर अभिषेकले म्याडमसंग सोध्नुस् भनेर ऐश्वर्यालाई त्यही छाडेर फन्केर हिंडेका थिए। मिडियाको सामुन्ने अभिषेकको त्यसप्रकारको रुखो व्यवहारले ऐश्वर्यालाई रुनु न हाँस्नु भएको थियो।

ऐश्वर्याको ख्याति र नाममा अभिषेक जलेर त्यस्तो व्यवहार देखाएको हो कि भन्ने आंकन गरिएको छ। यद्यपि, यस घटनालाई बच्चन परिवारले लुकाउने प्रयास गरेको छ। ऐश्वर्याले पनि कुनै प्रतिक्रिया दिएकी छैनन्।

www.youtube.com/watch?v=vCVVTcqrRoE
प्रकाशन मिति–२०७३ साल जेठ ११ गते मंगलवार ।